Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

टी–२० विश्वकप : अस्ट्रेलियाको विजयी शुरुवात

एजेन्सी – आइसिसि टी–२० विश्वकपमा अस्ट्रेलियाले विजयी शुरुवात गरेको छ। सुपर १२ को पहिलो खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई ५ विकेटले हराएको छ।

दक्षिण अफ्रिकाले दिएको १ सय १९ रनको लक्ष्य अस्ट्रेलियाले ५ विकेटको क्षतिमा १९.४ ओभरमा भेट्टाएको हो। अस्टे«लियाको जितमा मार्कस स्टोइनिस र म्याथ्यु वेडले नटआउट रहँदै क्रमशः २४ र १५ रन बनाए।

खराब शुरुवात गरेको उसले ३८ रनमा अस्ट्रेलियाले ३ विकेट गुमाइसकेको थियो। तर, स्टिभ स्मिथ र ग्लेन म्याक्सवेलले सम्हालिएको प्रदर्शन गरे। स्मिथले ३५ तथा म्याक्सवेलले १८ रन बनाए।

त्यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले पारी ९ विकेटको क्षतिमा ११८ रन बनाएको थियो। उसका लागि एडेन माक्रमले सर्वाधिक ४० रन बनाए भने कागिसो राबाडाले नटआउट रहँदै १९ रनको योगदान दिए।

बलिङमा अस्ट्रलियाका मिचेल स्टार्क, जोस हेजलवुड र एडम जाम्पाले २–२ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077