Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

३ लाखमा श्रीमती बेचेर श्रीमानले किने महँगो फोन

एजेन्सी । संसार विचित्रको छ। अनि मानिसहरु पनि। कहिलेकाँही मानिसहरुले गर्ने हर्कतहरु पनि विचित्रकै हुन्छन्।

भारतको राजस्थानमा एक श्रीमानले यस्तै हर्कत गरेका छन्। १७ वर्षीय किशोरले करिब ३ लाखमा आफ्नो श्रीमती बेचेका छन्। श्रीमतीलाई ५५ वर्षीय अर्को पुरुषलाई बेचेको आरोपमा प्रहरीले ती किशोरलाई पक्राउ गरेको छ।

केही समयअघि सामाजिक सञ्जालमा किशोर २४ वर्षी युवतीको चिनजान भयो। त्यसपछि उनीहरु प्रेममा परे। उनीहरुको प्रेमलाई स्वीकार गर्दै दुबै परिवारले धुमधामका साथ विवाह गरिदिए। विवाहको २ महिनापछि किशोरले आर्थिक समस्या भएको र काम गर्न भनी श्रीमतीलाई आफूसँगै लिएर रायपुर गए।

त्यहाँ एक इटाभट्टामा काम गर्ने क्रममा किशोरले आफ्नी श्रीमतीलाई करिब २ लाख ८८ हजार नेपाली रुपैयाँमा बेचे। त्यसपछि उक्त पैसाले उनको महँगो फोन किनेको बताइएको छ। ती किशारेले घरमा भने श्रीमती अर्कैसँग भोगेको बताएका थिए। तर युवतीको परिवारले उनको कुरामा विश्वास गरेनन् र प्रहरीमा उजुरी दिए।

प्रहरी अनुसन्धानमा किशोरले श्रीमती बेचेको पाइएको हो। युवतीलाई लिन गएका बेला ५५ वर्षी पुरुषले आफूले किनेको भन्दै अवरोध गरेका थिए। प्रहरीले युवतीलाई त्यहाँबाट छुटाएको उनको माइती पुराएको छ। बयानमा किशोरले श्रीमती नबेचेको तर ९६ हजारका लागि धितो राखेको बताएका छन्। उनलाई सुधारगृह पठाइएको भारतीय सञ्चारमाध्यम आजतकले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077