Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मलाई हार्न मन पर्दैन, आलोचकको मुख बन्द गराउँछु : रोनाल्डो

एजेन्सी । म्यानचेस्टर युनाइटेडमा फर्किएपछि आलोचना खेपिरहेका क्रिस्टियानो रोनाल्डोले यसबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनीमाथि मिहेनत नगरेको र खेलमा डिफेन्डिङ पनि नगरेको नगरेको आरोप लाग्दै आएको छ।

‘मलाई थाहा छ कतिबेला टिममा मेरो डिफेन्सिभ खेलको आवश्यक छ भनेर,’ स्काई स्पोर्ट्ससँग उनले भने, ‘क्लबमा मेरो रोल खेल जिताउने हो। टोलीलाई जित दिलाउन सहयोग गर्नु हो र गोल गर्नु हो। डिफेन्डिङ पनि मेरो कामको एक पार्ट हो।’

‘तर मानिसहरु उक्त कुरा देख्न रुचाउँदैनन् किनकि उनीहरु मलाई मन पराउँदैनन्। तर इमान्दारीपूर्वक भन्नुपर्दा म ३६ वर्षको भए र मैले सबै कुरा जितिसके भने अब म नराम्रो कुरा भन्नेहरुको बारेमा सोचेर किन चिन्तित हुनु,’ उनले प्रतिप्रश्न गरे।

‘आलोचना हरेक काममा हुने कुरा हो। म त्यसको विषयमा चिन्तित छैन। मैले यसलाई सकरात्मक रुपमा लिएको छु,’ रोनाल्डोले भने, ‘मलाई हार्न मन पर्दैन। इभर्टनसँग घरेलु मैदानमा बराबरी खेल्नु मेरा लागि हारसमान भएको थियो।’

फरावर्ड रोनाल्डोले आफूले खेलमार्फत नै आलोचकहरुको मुख बन्द गर्ने बताएका छन्। उनले आफू म्यानचेस्टर युनाइटेडमा जित्नकै लागि आएको पनि उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077