Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्री बन्ने पक्का

विराटनगर । नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र राई प्रदेश नं एकको मुख्यमन्त्री बन्ने भएका छन् ।

गत शुक्रबार दिउँसो विराटनगरमा बसेको बिपक्षी गठबन्धनको बैठकले राईलाई मुख्यमन्त्रीको रुपमा अगाडि बनाउने निर्णय गरेको स्रोतले जानकारी दिएको छ।

त्यसअघि बसेको प्रदेशसभाको बैठकमा वर्तमान मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिन संसदमा प्रस्ताव पेस गरेका थिए । दल विभाजन भएको ३० दिनभित्र मुख्यमन्त्री आचार्यले विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था भए अनुसार उनले सो प्रस्ताव पेस गरेका हुन् ।

मुख्यमन्त्री आचार्यले प्रदेशसभामा आज विश्वासको मत लिँदै छन्। मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त गर्न ४६ सांसद आवश्यक हुन्छ। गठबन्धनले सहयोग नगर्ने लगभग पक्का भएसँगै उनको मुख्यमन्त्री पद स्वत गुम्ने देखिन्छ।

९२ सदस्यीयमा एमालेका सभामुखसहित ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १–१ जना सांसद छन्।

गठबन्धनमा रहेका माओवादी केन्द्र, कांग्रेस, नेकपा (एस) ले नयाँ मुख्यमन्त्री चयनका लागि हस्ताक्षर समेत संकलन गरिसकेको स्रोतको दाबी छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077