Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

कमाण्ड सम्हाल्न नसकेपछि दुई एसपी तानिए

जनकपुरधाम । प्रहरी प्रधान कार्यालयले राम्रोसँग कमाण्ड सम्हाल्न नसकेपछि दुई प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ।

प्रधान कार्यालयका अनुसार धनुषाका एसपी प्रकाश रानाभाट र सर्लाहीका एसपी सन्तोषसिंह राठौर तानिएका हुन ।

राठौरको ठाउँमा एसपी कृष्ण प्रसाई र रानाभाटको ठाउँमा एसपी बसन्त रजौरेलाई पठाइएको तानिएका हुन ।

प्रसाई यसअघि २ नम्बर प्रदेश प्रहरी कार्यालयमा कार्यरत थिए ।

जनकपुरधामस्थित खानेपानी तथा ढल निकास कार्यालयका प्रमुख राजेश कुशवाहालाई सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले अर्धनग्न बनाएर बजार घुमाए पनि प्रहरीले केही गर्न नसकेकोले धनुषाका एसपी रानाभाटको काज सरुवा गरिएको हो ।

यस्तै सर्लाहीका एसपी राठोरको तास खेलेको भिडियो सार्वजनिक भएको र जिल्लामा बढ्दै गएको गैरकानूनी कामलाई नियन्त्रण गर्न नसकेकोले  तानिएका हुन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077