Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

बुवा मोहनप्रसादले ओलीलाई आशिर्वाद दिँदै भने- मेरो छोरामा फेरि प्रधानमन्त्री बन्ने योग छ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री बन्न उनका बुवा मोहनप्रसाद ओलीले आशिर्वाद दिएका छन् ।

आइतबार गृह जिल्ला झापा आइपुगेका पूर्वप्रधानमन्त्री ओलीलाई बुवा मोहनले फेरि पनि प्रधानमन्त्री बन्ने योग रहेको भन्दै आशिर्वाद दिएका हुन्।

झापास्थित घरमा पुगेका बेला बुवा मोहनले आशिर्वाद दिँदै भने, 'छोरोमा फेरि पनि प्रधानमन्त्री बन्ने योग छ, यसमा मेरो आशिर्वाद छ, अब प्रधानमन्त्री हुँदा पाँच बर्षका लागि हुनेछ। मेरो छोरोलाई शुभकामना छ।'

आइतबार तीन दिने भ्रमणका लागि गृहजिल्ला झापा आइपुगेका ओली झापाको भद्रपुर–१ स्थित आफ्नो घरमा बुबा तथा पारिवारिक सदस्यलाई भेट्न पुगेका थिए। ओलीले आजै बिर्तामोडमा माओवादी कार्यकर्तालाई एमालेमा प्रवेश गराउने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

यस्तै, भोलि ८ कात्तिकमा गौरादह नगरपालिका–५ महारानीझोडामा साना किसान महिला सहकारी संस्थाले निर्माण गरेको पाहुना घरको उद्घाटन गर्ने कार्यक्रम  रहेको छ।

यसैगरी, पर्सी ९ गते भूमिगत कालमा बिताएका सहकर्मीहरूसँग भेटघाट काठमाडौं फर्कने कार्यतालिका रहेको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077