Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कार्यालय परिसरमै तास खेलेर रमिता गर्ने सर्लाहीका तीन सुरक्षा अधिकारीहरुको जिम्मेवारी खोसियो

    कार्यालय परिसरमै तास खेलेर रमिता गर्ने सर्लाहीका तीन सुरक्षा अधिकारीहरुको जिम्मेवारी खोसियो

    अनलाइन नेपाल
  • सोमबार, ८ कार्तिक २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    जनकपुरधाम । गृह मन्त्रालयले सर्लाहीका तीन जना सुरक्षा अधिकारीहरुलाई जिम्मेवारीबाट हटाएको छ ।

    केहीदिन अघि जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) रामकुमार महतोसहित नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) सन्तोषसिंह राठौर  र सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) गंगाराम श्रेष्ठले कार्यालय परिसरमै तास खेलेको भिडियो सार्वजनिक भएको थियो ।



    मन्त्रालयका अनुसार सीडीओ महतोलाई जिम्मेवारीबाट हटाएर बाबुराम खतिवडालाई सर्लाही पठाइएको छ । यस्तै, नेपाल प्रहरीले एसपी सन्तोषसिंह राठौरलाई हटाएर एसपी कृष्ण प्रसाईंलाई जिम्मा दिएको छ ।



    यसैगरी, सशस्त्र प्रहरी बलका प्रमुख एसपी गंगाराम श्रेष्ठ पनि जिम्मेवारीबाट हटाइएका छन् । श्रेष्ठको ठाउँमा एसपी भरत खनियाँलाई पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार