Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पाँचै जना न्यायाधीशहरु मिलेर देशलाई राजनीतिक अस्थिरताको भूमरीमा फसाए: गोकुल बाँस्कोटा

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सवैधानिक अपव्याख्यामार्फत शक्तिपृथकीकरणको सिद्धान्त ध्वस्त पार्ने पाँचै जना न्यायाधीशको समाधान खोज्नु पर्ने बताएका छन्।

साथै, उनले न्यायाधीशहरुले देशलाई राजनीतिक अस्थिरताको भूमरीमा फसाएको आरोप समेत लगाएका छन्।

सोमबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै एमाले नेता बाँस्कोटाले देशलाई राजनीतिक भूमरीमा फसाउन यल्लो प्यागोडा ग्रयाण्ड डिजाइन बैठकमा सहमति जनाएको उल्लेख गर्दै अशंमा नभइ समग्रमा समाधान खोज्नु आवश्यक रहेको उल्लेख गरे।

पछिल्लो समय प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने चर्चातर्फ संकेत गर्दै पूर्वमन्त्री बाँस्कोटाले थप षड्यन्त्रका लागि नयाँ नाटक गर्नुको अर्थ नहुने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077