Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

पोखराको लेकसाइडमा धम्की दिएर महिलाको यौन शोषण गर्ने २ जना पक्राउ

पोखरा । प्रहरीले धम्की दिएर महिलाको यौन शोषण गर्ने दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा –१७ बिरौटा बस्ने ४२ वर्षीय सुरेश तामाङ र बारा जिल्ला कोल्बी नगरपालिका–१ कोल्बी घर भएका २६ वर्षीय ऋषि भट्टराई रहेका छन्।

उनीहरुले पोखरा लेकसाइडस्थित एक होटलमा महिलालाई काममा लगाइदिने भन्दै ललाई फकाई, प्रलोभनमा पारी डर त्रास देखाएर यौन शोषण गरेको प्रहरीको आरोप छ।

महिलाको यौन शोषण भएको भन्ने विशेष सुचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका दुवै जनामाथि मानव बेचविखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत कास्कीबाट दश दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी एवं प्रवक्ता सुवास हमालले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077