Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

महाअभियोगको सामना गर्न तयार हुँदै प्रधानन्यायाधीशले भने- राजिनामा दिन्न

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राजीनामा नदिने स्पष्ट पारेका छन्।

सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश जबराको राजीनामा माग्ने निर्णय गरेको बिषयमा बोल्दै उनले राजीनामा नदिने स्पष्ट पारेका हुन्।

बीबीसी न्यूज नेपालीका शरद केसीसँग कुरा गर्दै प्रधानन्यायाधीश जबराले ‘सडकबाट राजीनामा माग्दैमा आफू त्यसको निम्ति तयार नहुने’ बताएका हुन् ।

प्रधानन्यायाधीश जबराले आफू पदबाट बाहिरिने बाटो संविधानमा व्यवस्था रहेको भन्दै महाभियोगतर्फ सङ्केत गरेका छन् । प्रधानन्यायाधीश जबराले भने, 'संविधानको प्रक्रियाबाट म आएको छु र त्यही संविधानको प्रक्रियाबाट मात्रै म जाने हो।'

कसैको 'दबाव र प्रभावमा' पद त्याग नगर्ने उनले बताए । जबराले भने, 'न्यायपालिकालाई लथालिङ्ग पारेर म जान्नँ। यसमा म प्रष्ट छु, म विधि र प्रक्रियाबाट आएको हुँ, विधि र प्रक्रियाबाट जान तयार छु।'

सर्वोच्चका न्यायाधीशहरु अबको केही बेरमा प्रधानन्यायाधीश जबरालाई भेट्न जाने कार्यक्रम रहेको छ।

स्रोतका अनुसार सोमबार भएको १४ न्यायाधीशहरुको संयुक्त छलफलले  स्पष्ट रुपमा राजीनामा माग्ने निर्णय गरिसकेको छ। प्रधानन्यायाधीशको नेतृत्वबाट न्यायपालिका सफल हुने नदेखिएपछि राजीनामा माग्ने निर्णय भएको स्रोतको भनाइ छ।

यसअघि सर्वोच्चका १४ जना न्यायाधीशहरुले प्रधानन्यायाधीशले बोलाएको फुलकोर्ट बैठक समेत बहिस्कार गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077