Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने कि राजिनामा माग्ने ? भन्ने प्रश्नमा ओलीले भने- अशोभनीय दाउपेचमा फस्नु छैन

विराटनगर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउने वा उनको राजीनामा माग्ने भन्ने विषयमा पार्टीको कुनै धारणा नरहेको बताएका छन्।

मंगलबार विराटनगरस्थित होटल ह्यारिसनमा पत्रकारहरुको प्रश्नमा जवाफ दिंदै अध्यक्ष ओलीले प्रधानन्यायाधीशका बारेमा एमालेको कुनै धारणा नभएको बताएका हुन्।

‘हामी स्वतन्त्र र निष्पक्ष न्यायालय चाहन्छौँ’, कार्यक्रममा ओलीले भने, ‘हामीलाई कुनै अशोभनीय गुट वा दाउपेचमा फस्नु छैन। हामीले कुनै खिँचातानीमा भाग लिने पनि होइन।’

पछिल्लो समय  सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश जबराको राजीनामा माग्ने निर्णय गरेका छन् । तर प्रधानन्यायाधीश जबराले भने आफू बरु महाभियोगको सामना गर्ने तर राजिनामा नदिने बताएका छन्।

फरक प्रसङ्गमा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले समय खेर फाल्नुभन्दा निर्वाचनमा जानु राम्रो भएको बता । ओलीले अदालत लोकतन्त्रको स्तम्भ भएको हुँदा यो निष्पक्ष, स्वतन्त्र र शक्ति पृथीकरणको सिद्धान्तमा चल्नुपर्ने पनि बताए ।

'सर्वोच्च अदालत संविधानको भावना र मर्मअनुसार चल्नुपर्ने पर्छ , ओलीले भने, 'कुनै एउटा सानो समूहबाट वर्तमान प्रणालीमाथि प्रहार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077