Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

समय खेर फाल्नुभन्दा निर्वाचनमा जानु उत्तम: केपी ओली

मोरङ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समय खेर फाल्नुभन्दा निर्वाचनमा जानु राम्रो भएको बताएका छन् ।

प्रेस चौतारी मोरङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री ओलीले अदालत लोकतन्त्रको स्तम्भ भएको हुँदा यो निष्पक्ष, स्वतन्त्र र शक्ति पृथीकरणको सिद्धान्तमा चल्नुपर्ने बताए।

'सर्वोच्च अदालत संविधानको भावना र मर्मअनुसार चल्नुपर्ने पर्छ, ओलीले भने, 'कुनै एउटा सानो समूहबाट वर्तमान प्रणालीमाथि प्रहार भइरहेको छ ।'

यस्तै, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउने वा उनको राजीनामा माग्ने भन्ने पत्रकारहरुको प्रश्नमा जवाफ दिंदै अध्यक्ष ओलीले प्रधानन्यायाधीशका बारेमा एमालेको कुनै धारणा नभएको बताए ।

‘हामी स्वतन्त्र र निष्पक्ष न्यायालय चाहन्छौँ’, कार्यक्रममा ओलीले भने, ‘हामीलाई कुनै अशोभनीय गुट वा दाउपेचमा फस्नु छैन। हामीले कुनै खिँचातानीमा भाग लिने पनि होइन।’

पछिल्लो समय  सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश जबराको राजीनामा माग्ने निर्णय गरेका छन् । तर प्रधानन्यायाधीश जबराले भने आफू बरु महाभियोगको सामना गर्ने तर राजिनामा नदिने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077