Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

६ महिनापछि खुल्यो ड्राइभिङ लाइसेन्सको आवेदन, ट्रायलमा सामान्य गल्तीले वञ्चित हुनु नपर्ने

काठमाडौं । यातायात व्यवस्था विभागले ६ महिनादेखि रोकिएको नयाँ सवारीचालक अनुमति पत्र (लाइसेन्स)का लागि अनलाइन आवेदन खुला गरेको छ ।

गत वैशाख १६ गतेदेखि महामारीको कारण देखाउँदै बन्द गरेको आवेदन प्रणाली सोमबार रातिबाट खुलेको विभागले जनाएको छ ।

विभागले गत साता नै आवेदन खुला गर्ने तयारी गरे पनि प्राविधिक समस्याले गर्दा सोमबार रातिबाट खुला गरिएको बिभागको भनाइ छ। विभागका अनुसार सेवाग्राहीले अब यातायात व्यवस्था विभागको अनलाइन आवेदनबाट नयाँ लाइसेन्सलागि आवेदन दिन सक्नेछन् ।

नयाँ निर्देशिकाअनुसार परीक्षा

नयाँ आवेदन दिनेहरुले अब विभागले ल्याएको अंकभार प्रणालीअनुसार परीक्षा दिनेछन् । नयाँ निर्देशिकाअनुसार विभागले परीक्षाका लागि ५०० वटा वस्तुगत प्रश्नको संग्रह सार्वजनिक गरेको छ । जसमा लिखित परीक्षामा अब ४/४ नम्बरका २५ प्रश्न सोध्ने व्यवस्था गरिएको छ । ती प्रश्नको अंकभार सय नम्बरको हुनेछ । व्यवस्था अनुसार लिखित परीक्षामा ६० अंक ल्याउनुपर्नेछ ।

यस्तै, नयाँ व्यवस्थाअनुसार विभागले ट्रायलका विभिन्न चरणलाई फरक-फरक अंकभार दिइएको छ र ७० अंक ल्याएमा लाइसेन्स लिन योग्य हुनेछ । अर्थात् सामान्य गल्ती गरे पनि लाइसेन्स पाउनबाट वञ्चित हुनुपर्दैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077