Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने सम्भावना कति छ ? भन्ने प्रश्नमा प्रचण्डले भने- महाअभियोगको चर्चा नै भएको छैन

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग जोडिएको न्यायलयसम्बन्धी विवाद एक-दुई दिनभित्रै टुंगिने बताएका छन् ।

मंगलबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले प्रधानन्यायाधीशसम्बन्धी विवादमा संक्षिप्त टिप्पणी गर्दै यस्तो बताएका हुन्।

'हिजो हामी गठबन्धनका तीन दल बसेर यो बारेमा छलफल गर्‍यौं, अध्यक्ष प्रचण्डले भने, 'अब पाँचै दल बसेर एक/दुई दिनभित्रै एउटा विन्दुमा पुग्छौं ।' महाअभियोग लगाउने सम्भावना छ कि छैन भन्‍ने पत्रकारको जिज्ञासामा उनले भने, 'महाअभियोगको चर्चा नै भएको छैन ।'

यसै बिषयमा नेपाल बार एशाेसिएसन सल्लाहकार समितिका सदस्यहरुको बैठकले भने प्रधानन्यायाधीश जबराले अबिलम्ब राजीनामा नदिए आन्दोलन गर्ने चेतावनी दिएका छन्।

मंगलबार बसेको समितिको बैठकमा बारका ३७ जना सदस्यमध्ये ३६ जनाले प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा दिनुपर्ने सुझाव दिँदै यदी राजीनामा नदिए देशभर आन्दोलन गर्नुपर्ने बताएका हुन्।

तर, यस बिषयमा भने प्रधानन्यायाधीश जबराले भने सडकबाट कसैले राजिनामा माग्दैमा नदिने अडान राख्दै आएका छन्। उनले आज बिहान एक अन्तर्वार्तामा पनि आफू बरु महाभियोगको सामना गर्न तयार रहेको भन्दै राजिनामा नदिने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077