Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सिन्धु विकास बैंक: झन्डै २ करोड रुपैयाँ हिनामिना गर्ने दोलालघाटका शाखा प्रमुख सीआईबीको फन्दामा

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैकिङ कसूरमा संलग्न रहेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रे जिल्ला भुम्लु गाउँपालिका भइ सिन्धु विकास बैंक लि. दोलालघाट शाखामा कार्यरत ३१ बर्षीय सुमन खरेल रहेका छन्। सीआईबीले खरेललाई सोमबार पक्राउ गरेको हो ।

सीआईबीका अनुसार बैंकिङ कारोबारबाट जम्मा भएको मौज्दात रकमलाई एन. सि. सि. बैंक सिन्धुपाल्चोक, बाह्रविसे शाखामा रहेको सिन्धु विकास बैंक लि.को खातामा नियमित रुपमा जम्मा गर्ने गरिएको थियो । तर, सिन्धुका शाखा प्रमुख समेत रहेका खरेलले एक करोड उनासी लाख नब्बे हजार आठ सय पचपन्न रुपैयाँ एन. सि. सि. बैंकको खातामा जम्मा नगरि आफ्नो खातामा जम्मा गरेको सीआईबीले जनाएको छ ।

बैंकको रकम आफुले निकालेर बैंकिङ सम्पति हिनामिना गरेको भन्दै सीआईबीले खरेललाई पक्राउ गरेको जनाएको छ ।

सीआईबीका अनुसार पक्राउ परेका खरेललाई उच्च अदालत पाटनबाट सात दिनको म्याद थप गरी  बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम आवश्यक कानूनी कारवाही भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077