Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • यी हुन् शाहरुख खान दुःखमा हुँदा चुँइक्क नबोल्ने बलिउड कलाकार

    यी हुन् शाहरुख खान दुःखमा हुँदा चुँइक्क नबोल्ने बलिउड कलाकार

    अनलाइन नेपाल
  • मंगलबार, ९ कार्तिक २०७८
  • 2.1K
    SHARES

    एजेन्सी – बलिउड अभिनेता शाहरुख खान छोरा आर्यन खानका कारण तनावमा छन्। मुम्बई क्रुज ड्रग्स प्रकरणमा आर्यन जेलमा छन्। बम्बे हाईकोर्टमा हाल उनको जमानत याचिकामा सुनुवाई भइरहेको छ।

    मंगलबारको सुनुवाई सकिएको छ भने बुधबार पुन सुनुवाइ हुनेछ। आज पनि आर्यन जेलमै रहेका छन्।



    यसबीच धेरै बलिउड कलाकारहरुले आर्यनको विषयमा बोलिसकेका छन्। धेरैले शाहरुख र आर्यनलाई समर्थन गरेका छन्। यद्यपि कैयौं यस्ता स्टार छन्, जो शाहरुखका विशेष साथी छन् । तर पनि उनीहरु आर्यन मामलामा मौन नै छन् ।



    अभिमेनता अमिताभ बच्चन आर्यन मामलामा अहिलेसम्म मौन नै छन् । शाहरुख अमिताभलाई आफ्नो पिता समान मान्छन् । तर शाहरुखका छोरा आर्यनको मामलामा भने अमिताभले मुख खोलेका छैनन् ।

    शाहरुखकी मिल्ने साथी तथा अभिनेत्री काजोल हरेक विषयमा आफ्नो भनाई राख्छिन्। तर आर्यन खानमका विषयमा उनी चुप छिन्। काजोल चुप भएको देख्दा शाहरुख निरास छन्।

    शाहरुखलाई आफ्नो भाई मान्ने निर्माता करण जोहार आर्यन मामलामा मौन छन्। करणले यो मामलामा अहिलेसम्म कुनै भनाई राखेका छैनन्। न त उनले कुनै ट्वीट नै गरेका छन्।

    अभिनेत्री दीपिका पादुकोण शाहरुखको नजिकको साथीका रुपमा परिचित छिन्। यद्यपि दीपिकाले हालसम्म शाहरुख या आर्यन खानको विषयमा कुनै भनाई सार्वजनिक गरेकी छैनन्।

    अभिनेत्री तथा अमिताभ बच्चनकी श्रीमति जया बच्चन आर्यनको विषयमा केही बोलेकी छैनन्। जया र शाहरुखको परिवारबीच घरेलु सम्बन्ध छ।

    अभिनेत्री रानी मुखर्जीले अहिलेसम्म आर्यनको मामलामा कुनै प्रतिक्रिया दिएकी छैनन्। उनले न त आर्यनलाई समर्थन नै गरेकी छन्।

    अभिनेता शाहरुखको करियरलाई उचाईसम्म पु¥याएका निर्माता आदित्य चोपडा पनि यो मामलामा शान्त नै छन्। उनी कुनै कारणले पनि आर्यनको मामलामा आफ्नो भनाई नराख्ने सोचमा छन्।

    शाहरुखकी साथी र कोलकाता नाइट राइडर्सकी को–अनर जुही चावला पनि यो मामलामा शान्त छिन्। उनले आर्यनको मामलामा कुनै कुरा बोलेकी छैनन्।

    शाहरुखका विशेष साथी तथा अभिनेता अभिषेक बच्चनले पनि आर्यन मामलामा मुख खोलेका छैनन्। यसबाहेक सलमान खान, ऋषित रोसनलगायतले भने शाहरुखलाई साथ दिइरहेका छन्।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार