Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • कस्तो रहनेछ आजको मौसम ? कहाँकहाँ पर्छ पानी ?

    कस्तो रहनेछ आजको मौसम ? कहाँकहाँ पर्छ पानी ?

    अनलाइन नेपाल
  • बुधबार, १० कार्तिक २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन ।

    अहिले देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा सामान्यतया सफा रहेको छ ।



    बुधबार दिउँसो देशको पहाडी भु–भागमा आंशिक देखि सामान्य बदली र तराईका भु–भागमा सामान्यतया सफा देखि आंशिक बदली सम्म रहनेछ ।



    देशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहनुको साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।

    बुधबार राती देशको पहाडी भु–भागमा आंशिक देखि सामान्य बदली र तराईका भु–भागमा सामान्यतया सफा देखि आंशिक बदलीसम्म रहनेछ ।

    पहाडी भूभागका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहनुको साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार