Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

हारपछि पनि कोएम्यानको कन्फिडेन्स, ‘बार्सिलोनामा रमाइरहेको छु’

एजेन्सी । स्पेनिल क्लब बार्सिलोनाले यस सिजन उत्कृष्ट शुरुवात गर्न सकेन। बार्सिलोनाले न ला लिगामा अपेक्षित प्रदर्शन गर्न सकेको छ न च्याम्पियन्स लिगमा नै।

केही दिनअघि सिजनको पहिलो इएल क्लासिको सम्पन्न भयो। खेलमा बार्सिलोनाविरुद्ध रियल मड्रिड २–१ गोलले पराजित भयो। बार्सिलोनाले रियलले उसैको घरेलु मैदानमा पराजित गरेको थियो।

खेलपछि बार्सिलोनाका समर्थकहरु आक्रोशति भए। उनीहरुले प्रशिक्षक रोनाल्ड कोएम्यानमाथि आक्रमणको प्रयास गरे। यस विषयमा कोएम्यानले आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले समर्थकको व्यवहार मन नपरेको बताएका छन्।

‘म कुरा हुँदा जे भयो त्यो मलाई मन परेन। मलाई राम्रो ज्ञान भएका र थाहा भएका मानिसहरु मनपर्छ,’ उनले भने, ‘ती मानिसहरु बार्सिलोनाका समर्थक थिए, अबुझ थिए।’
आफूमाथिको आक्रमण समाजिक समस्या भएको उनले बताए। साथै कोएम्यान त्यसको समाधान नभएको पनि उल्लेख गरे।

आफू जहाँ हुनुपर्ने त्यहीँ भएको बताउँदै कोएम्यानले यसको मज्जा लिनेसमेत जानकारी दिए। ‘म जहाँ हुनुपर्ने हो त्यहीँ छु। म यसमा रमाउन चाहन्छु। काम कसरी गर्ने भनेर मलाई थाहा छ। समयबारे कुनै समस्या छैन,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077