Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • मुख्यमन्त्री शाक्यले विश्वासको मत लिँदै, फ्लोर क्रस हुने सम्भावना कति ?

    मुख्यमन्त्री शाक्यले विश्वासको मत लिँदै, फ्लोर क्रस हुने सम्भावना कति ?

    अनलाइन नेपाल
  • बुधबार, १० कार्तिक २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    हेटौँडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिँदैछिन्। दिउँसो १ बजेसम्म बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत पाउँ भनी गरेको प्रस्तावमा मतदान हुनेछ।

    शाक्य मुख्यमन्त्री बनेको एक सातामा अल्पमतमा परेकी थिइन्। गत असोज २४ गते प्रदेश सभाको बैठकमा विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेस गरिएको थियो।



    शाक्यलाई राजीनामा दिन विपक्षी गठबन्धनले आग्रह गरेको थियो। तर उनले प्रदेशसभाबाट विश्वासको मत लिने निर्णय गरेकी थिइन्। हाल १०९ प्रदेश सभा सदस्य कायम रहेको प्रदेश सभामा बहुमतका लागि ५५ जना सदस्य आवश्यक हुन्छ।



    प्रदेश सभाका सदस्य रहेको एमालेका १३ जना प्रदेश सभाका सदस्यले एकीकृत समाजवादी रोजेका थिए। त्यससँगै एमाले सभामुखसहित ४३ सदस्यमा सीमित भएको छ।

    विपक्षी गठबन्धनल मुख्यमन्त्रीका रुपमा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अघि सारेको छ। उनको पक्षमा ५९ जना सांसद रहेका छन्। माओवादी केन्द्रको २३, काँग्रेसको २२, एकीकृत समाजवादीको १३ र जसपाका एक जना सांसद पाण्डेको पक्षमा छन्।

    मुख्यमन्त्री शाक्यलाई प्रदेश सभामा रहेका साना दलहरूले समर्थन गरे पनि विश्वास मतको प्रस्तावको पक्षमा बहुमत पुग्ने देखिँदैन। तर एकीकृत समाजवादीका सांसदहरुले फ्लोर क्रस गरेमा भने शाक्यले विश्वासको मत पाउने सम्भावना रहन्छ। तर फ्लोर क्रस हुने सम्भावना न्यून रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार