Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • अष्टलक्ष्मी शाक्य भन्छिन् – उपराष्ट्रपति चुनाव अनुकूल हुदैँछ, जित्नेमा ढुक्क छु

    अष्टलक्ष्मी शाक्य भन्छिन् – उपराष्ट्रपति चुनाव अनुकूल हुदैँछ, जित्नेमा ढुक्क छु

    अनलाइन नेपाल
  • शुक्रबार, ३ चैत्र २०७९
  • 402
    SHARES

    काठमाडौं । नेकपा एमालेको तर्फबाट उपराष्ट्रपतिकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले आफ्नो जित हुने दाबी गरेकी छन्।

    संसद भवन नयाँबानेश्वरमा शुक्रबार उपराष्ट्रपति पदकी उम्मेदवार शाक्यले यस्तो बताएकी हुन् ।



    निर्वाचनमा अनेकौं चलखेल हुने भन्दै त्यसमा आफूले श्रेष्ठता हासिल गर्ने शाक्यले बताइन् ।



    शाक्यले भनिन्, ‘स्वस्थ अस्वस्थ, मर्यादित, अमर्यादित अनेकौं चलखेल हुन्छ ।राष्ट्रपतिमा अनुकूल भएन, बरु यो अनुकूल देख्दैछु ।’

    उपराष्ट्रपति निर्वाचन आफ्नो अनुकूल हुने देखेको उनले बताइन् । संविधानमा राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग वा समुदायको हुनुपर्ने लेखिए पनि उपराष्ट्रपति महिला नै हुनुपर्ने उनको भनाई छ ।

    राजनीति हिबासले उपराष्ट्रपतिमा भूमिका नभएपनि सामाजिक रुपान्तरणमा लाग्नसक्ने उनको बुझाइ छ। शाक्यले उपराष्ट्रपतिमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका जसपाका रामसहायप्रसाद यादव र जनमतकी ममता झासँग प्रतिस्पर्धा गरिरहेकी छिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार