Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • भोट माग्दै एमाले उपाध्यक्ष अष्टलक्ष्मीको घर पुगिन् मानुषी

    भोट माग्दै एमाले उपाध्यक्ष अष्टलक्ष्मीको घर पुगिन् मानुषी

    अनलाइन नेपाल
  • बुधबार, १६ कार्तिक २०७९
  • 669
    SHARES

    काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर-७ की प्रतिनिधि सभा सदस्य उम्मेदवार मानुषी यमी भट्टराईले एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसँग भोट र आशीर्वाद मागेकी छन् ।

    मानुषीले बुधबार बिहान नेता शाक्यको काठमाडौं-७ स्थित निजी निवासमा पुगेर भोट र आशीर्वाद मागेकी हुन् ।



    सत्ता गठबन्धनका सहयोगमा उनी माओवादीको चुनाव चिह्न हँसिया हथौडा लिएर चुनाव लड्दैछिन् ।



    मानुषीसँगको भेटमा अष्टलक्ष्मीले अहिले आफूहरूको बाटो अलग-अलग भए पनि नमिली सुखै नभएको बताइन् ।

    मानुषीले पनि अष्टलक्ष्मी प्रेरणाको स्रोत र अग्रज नेता भएको भन्दै उनले सुशासन र समृद्धिको बाटोमा अगाडि बढ्ने बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार