Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • अष्टलक्ष्मी शाक्यले ओलीलाई भनिन् – मैले संसदीय राजनीति छोडेँ, विकल्प खोज्नुहोस्

    अष्टलक्ष्मी शाक्यले ओलीलाई भनिन् – मैले संसदीय राजनीति छोडेँ, विकल्प खोज्नुहोस्

    अनलाइन नेपाल
  • शनिबार, २२ असोज २०७९
  • 621
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले प्रतिनिधिसभा चुनाव नलडने बताएकी छन् ।

    संसदीय राजनीति नगर्ने भनेर पार्टी बैठक र सार्वजनिक सञ्चारमाध्यममा यसअघि नै घोषणा गरेकी शाक्यलाई अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारको सुचीमा नाम राखेपछि पुन अस्वीकार गरेकी हुन् ।



    एमालेले शुक्रबार सार्वजनिक गरेको उम्मेदवार सूचीमा शाक्यको नाम काठमाडौं-८ मा थियो । शुक्रबार नाम र निर्वाचन क्षेत्र सार्वजनिक गरेपछि शनिबार ओली झापा जानुअघि शाक्यलाई फोन गरेका थिए ।



    त्यसक्रममा पनि शाक्यले आफ्नो पुरानो अडान परिवर्तन नहुने र आफू उम्मेदवार नहुने जवाफ दिएकी थिइन् । उनले आफू अब करिब ७० वर्ष भइसकेको र यसअघि नै

    अब चुनाव नउठ्ने भनिसकेको उल्लेख गर्दै पार्टीले विकल्प सोज्नुपर्ने शनिबार अध्यक्ष ओलीलाई सुझाव दिइन् । आफूले नउठ्ने अडान कामयै राखेपछि ओलीले धेरै प्रतिक्रिया नजनाएको उनले बताइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार