Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सप्तरी र महोत्तरीमा भएका सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

जनकपुरधाम  प्रदेश २ को सप्तरी र महोत्तरीमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

सप्तरीको खडक नगरपालिका वडा नम्वर ७ कल्याणपुर चोकमा को १ ख ७७८४ नम्बरको बसले ठक्कर दिंदा स्थानीय ४५ वर्षीया ठण्डेश्वरी भगतको मृत्यु भएको छ ।

पैदल हिंडिरहेकी भगतलाई मंगलबार राति साढे ११ बजे बसले ठक्कर दिएको थियो । उनलाई उपचारको लागि रुपनीस्थित युनिक अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए । ठक्कर दिने बस र बसको चालकलाई इलाका प्रहरी कार्यालय कल्याणपुरले नियन्त्रणमा लिएको जनाएको छ ।

यसैगरी महोत्तरीको पिपरा गाउँपालिका वडा नम्वर ५ मा मंगलबार साँझ ज १२ प ४९७७ नम्बरको स्कुटरको ठक्करबाट सिन्धुलीको मरिण गाउँपालिका १ बस्ने ३८ वर्षीय हरि बहादुर भुजेलको मृत्यु भएको छ ।

पैदल हिंडिरहेका भुजेललाई हिजो साँझ साढे ६ बजे स्कुटरले ठक्कर दिएको र भुजेलको उपचारको क्रममा जानकी हेल्थ केयरमा मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुटरसहित चालकलाई इलाका प्रहरी कार्यालय सहोडवाले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077