Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • बागमतीको मुख्मन्त्रीमा नेकपा समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेको दाबी

    बागमतीको मुख्मन्त्रीमा नेकपा समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेको दाबी

    अनलाइन नेपाल
  • बुधबार, १० कार्तिक २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    हेटौंडा । वाग्मती प्रदेशको मुख्मन्त्रीमा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले दाबी प्रस्तुत गरेका छन् ।

    वाग्मती प्रदेश संसदीय दलका नेता समेत रहेका पाण्डेले ५९ जना सांसदहरूको हस्तक्षारासहितको समर्थन पत्र लिएर पाण्डेले प्रदेश प्रमुख यादव शर्मा समक्ष मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका हुन् ।



    प्रदेश प्रमुख शर्माले प्रदेशको मुख्यमन्त्री पदमा नियुक्तिको प्रयोजनका लागि दाबी पेश गर्न आह्वान गरेसँगै बुधबार नै पाण्डेले काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपासहितका सांसदको समर्थनमा दावी पेश गरेका हुन् ।



    नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम पाण्डेले मुख्यमन्त्रीमा दाबी गरेका हुन् ।

    शर्माले बिहीबार अपरान्ह ३ बजेभित्र आफ्नो दाबी पेस गर्न आह्वान गरेका थिए । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम बुधबार प्रदेश प्रमुख समक्ष लिखित राजीनामा बुझाएकी थिइन् ।

    बागमती प्रदेशसभा १०९ सदस्यीय रहेको छ भने बहुमत पुर्याउन ५५ सांसद जरुरी हुन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार