Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • सांसद पाण्डेको प्रश्न – शिक्षामन्त्रीले जस्तै गृहमन्त्रीले प्रशिक्षार्थी प्रहरी भर्ना गरे देश कहाँ पुग्छ ?

    सांसद पाण्डेको प्रश्न – शिक्षामन्त्रीले जस्तै गृहमन्त्रीले प्रशिक्षार्थी प्रहरी भर्ना गरे देश कहाँ पुग्छ ?

    अनलाइन नेपाल
  • मंगलबार, २० चैत्र २०८०
  • 384
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले शिक्षामन्त्री सुमना श्रेष्ठले मन्त्रालयका कामका लागि प्रशिक्षार्थी भर्ना गर्ने कार्यविधि ल्याएकोमा आपत्ति जनाएका छन् ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पाण्डेले उक्त विषयमा मन्त्री श्रेष्ठले नै संसद्मा आएर जवाफ दिनुपर्ने बताएका हुन् । सांसद पाण्डेले विधिको शासनलाई अहित हुनेगरी शिक्षामन्त्री श्रेष्ठले कर्मचारी नियुक्त गर्ने कार्यबारे संसद्मा जवाफ दिनुपर्ने माग गरेकी हुन् ।



    सांसद पाण्डेले भने,’आज शिक्षामन्त्रीले गरेजस्तै भोलि गृहमन्त्रीले मेरो मातहतका पुलिसले काम गरेनन्, सहयोग गरेनन् म छुट्टै प्रशिक्षार्थी पुलिस भर्ना गर्छु भन्ने कि नभन्ने ! त्यसैगरी, रक्षामन्त्रीले अहिले भएको सेनाले काम गरेन म प्रशिक्षार्थी सेना भर्ना गर्छु भन्ने पाउने कि नपाउने ! यो खालको कामले दशेलाई, विधिको शासनलाई कहाँ पुर्‍याउँछ ? राष्ट्रलाई कति फाइदा हुन्छ ? निजामति कर्मचारीलाई यो कार्यविधिको कारणले नकरात्मक प्रभाव पर्छ कि पर्दैन ? सम्बन्धित मन्त्रीले यो संसद्मा आएर उत्तर दिन जरुरी छ ।’



    सांसद पाण्डेले शिक्षामन्त्रीले ल्याएको कार्यविधिले गलत अभ्यासको सुरुवात हुने बताए । उनले मन्त्रीहरूलाई आफूखुसी मन्त्रालय चलाउने छुट प्रधानमन्त्रीले दिएको हो भन्ने प्रश्न पनि गरे।

    सांसद पाण्डेले शिक्षामन्त्रीले यसबारेमा संसदमा जबाफ दिनु जरूरी रहेकोले सभामुखबाट रूलिङ हुनुपर्ने पनि बताए।

    शिक्षामन्त्रीले मन्त्रिस्तरीय निर्णय गरेर शिक्षा उत्प्रेरक (एजुकेसन क्याटलिस्ट) परिचालनसम्बन्धी कार्यविधि, २०८० ल्याएर उच्चशिक्षा अध्ययन गरिरहेका जोकोहीलाई प्रशिक्षार्थीका रूपमा मन्त्रालयका काममा लगाउने कार्यविधि ल्याएकी थिइन् ।

    प्रशिक्षार्थीको छनोट सचिवको नेतृत्वमा गर्ने र मन्त्रालयको आवश्यकता अनुसार बढी कार्यभार भएका महाशाखामा प्रशिक्षार्थीको रुचीअनुसार परिचालन गरिने उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार