Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • यथास्थितिमा यो बजेट पारित हुँदैन : राजेन्द्र पाण्डे

    यथास्थितिमा यो बजेट पारित हुँदैन : राजेन्द्र पाण्डे

    अनलाइन नेपाल
  • सोमबार, ४ असार २०८०
  • 732
    SHARES

    काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले गम्भीर आपत्ति जनाएका छन् ।

    प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद पाण्डेले बजेट विनियोजन सही तरिकाले नभएकाले भन्दै आपत्ति जनाएका हुन् । सांसद पाण्डेले यथास्थितिमा बजेट पारित हुन नसक्ने बताए।



    सांसद पाण्डेले भने,’कम्प्युटर टाइप गर्नेले योजना हाल्न सक्छ तर निर्वाचित प्रतिनिधिले भन्या योजना हुँदैन । यो परिपाटीलाई अन्त्य नगरेसम्म बजेटको समर्थन गर्नै सकिँदैन । म यहीँबाट भन्न चाहन्छु, मैले मेरो पार्टीको अध्यक्षलाई पनि राखेर भन्या छु- तपाईं भोट हाल्नुहुन्छ भने हाल्नुस् तर मसहितको मेरो दलका अरु साथीहरूले भोट हाल्नेवाला छैनन् । यो अन्यायलाई सहेर बस्नेवाला छैनन् । परिपाटी बदल्ने कि नबदल्ने ?’



    प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद पाण्डेले बजेट विनियोजन सही तरिकाले नभएकाले बजेट पारित हुन नसक्ने बताए ।

    बजेटमा योजना कसले राखेका हुन् भन्ने प्रश्नको जवाफ नदिएसम्म एकीकृत समाजवादीका सांसदहरूले बजेटको पक्षमा भोट नहाल्ने उनको भनाइ छ ।

    पार्टीका अध्यक्ष माधवकुमार नेपालले बजेटको समर्थन गरेपनि आफू र अन्य सांसदहरूले बजेटको समर्थन गर्न नसक्ने पाण्डेले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार