Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • प्रधानमन्त्री कार्यालय सचिव थन्काउने कवाडीखाना बन्यो : राजेन्द्र पाण्डे

    प्रधानमन्त्री कार्यालय सचिव थन्काउने कवाडीखाना बन्यो : राजेन्द्र पाण्डे

    अनलाइन नेपाल
  • शुक्रबार, ८ असार २०८०
  • 624
    SHARES

    काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सचिवालय भंग गर्न सुझाव दिएका छन् ।

    प्रतिनिधिसभाको बैठमा बोल्दै सांसद पाण्डेले प्रधानमन्त्रीका कार्यक्रमहरूको समेत व्यवस्थापन गर्न नसकेको भन्दै विघटन गर्न प्रस्ताव गरेका हुन्।



    सांसद पाण्डेले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको सचिवालय अस्तव्यस्त छ। प्रधानमन्त्रीज्यूबाट एक जना माननीय सदस्यले सोधेको प्रश्नको उत्तर आउन सकेन। उहाँको सचिवालयले प्रश्न लगायतबारे तयार गर्दिनुपर्थ्यो की पर्दैनथ्यो। त्यस्ता सचिवालय विघटन गर्दिए हुन्छ। मन्त्रीहरूले मन नपराएका सचिव प्रधानमन्त्री कार्यालयमा कवाडीखानामा थन्काउने स्थिति रहेछ। हरेक फ्रस्टेडेड सचिवहरू त्यहाँ जम्मा हुने भएपछि उनीहरूले काम गर्छन् ? यतातिर सम्माननीय प्रधानमन्त्रीज्यूको ध्यान जान जरुरी छ।’



    प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालय सचिव थन्काउने कवाडी खाना जस्तो भएको सांसद पाण्डेले बताए। उनले फ्रस्टेटेड सचिवहरुको अखडा प्रधानमन्त्रीको सचिवालय भएकाले काम नलाग्ने बताए ।

    उनले असन्तुलित भएकै कारणले सरकारले ल्याएको बजेट यथास्थितिमा पारित गर्न नसक्ने प्रधानमन्त्रीलाई चेतावनी पनि दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार