Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • एनसेलको सेयर बिक्री नाटक मात्र हो : राजेन्द्र पाण्डे

    एनसेलको सेयर बिक्री नाटक मात्र हो : राजेन्द्र पाण्डे

    अनलाइन नेपाल
  • शुक्रबार, २२ मंसिर २०८०
  • 816
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले एनसेलको सेयर बिक्री नाटक मात्र भएको बताएका छन्।

    शुक्रबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै नेता पाण्डेले यस्तो बताएका हुन् ।



    नेता पाण्डेले भने,‘यो बिक्री हो जस्तो लाग्दैन, बिक्रीको नाटक मात्र हो । पहिले नै श्रीमतीको नाममा २० प्रतिशत थियो, श्रीमानको नाममा अर्को कम्पनी खडा गरेर ८० प्रतिशत आयो यस्ता खालको काम भएका छन्, यो नाटक हो, यसमा अलि ध्यान दिनुपर्छ।’



    नेता पाण्डेले एनसेलको विषय गम्भीर र भयावह भएको बताए । खर्बको पुँजी भएको र राम्रो कमाइ भइरहेको कम्पनीलाई अर्बमा बेचिएको भन्दै पाण्डेले यस विषयमा आवश्यक परेमा प्रधानमन्त्रीलाई नै बोलाउनुपर्ने बताए।

    एनसेलको सन्दर्भमा हाम्रो समितिको तर्फबाट गर्नुपर्ने भूमिकामा कमी आउन दिन नहुने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार