Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • प्रधानमन्त्रीलाई राजेन्द्र पाण्डेको प्रश्न – ओली र देउवाले घाँटी जोडे तपाईंको हालत के होला ?

    प्रधानमन्त्रीलाई राजेन्द्र पाण्डेको प्रश्न – ओली र देउवाले घाँटी जोडे तपाईंको हालत के होला ?

    अनलाइन नेपाल
  • बुधबार, ३० फाल्गुन २०८०
  • 459
    SHARES

    काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले रातारात सत्ताको समीकरण फेर्ने शैलीले राजनीतिक विकृति बढाएको बताएका छन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने छलफलमा भाग लिँदै उपाध्यक्ष पाण्डेले यस्तो बताएका हुन् । पाण्डेले प्रचण्डलाई साथ दिँदा पनि बाटोमा अलपत्र छाडेर हिँडेको भन्दै आक्रोश पोखे ।



    उपाध्यक्ष पाण्डेले भने, ‘संविधानको रक्षाको लागि पार्टीभित्रको व्यक्तिवादी चरित्रका विरुद्ध हामीले विद्रोह गरेर आफैंले बनाएको पार्टी तोडेर विष पिएर तपाईंको पक्षमा उभिएका थियौं । हामीलाई बाटामा छोडेर हिँड्नुभयो । यो भन्दा अनैतिकता के हुन्छ ? म प्रधानमन्त्रीलाई प्रश्न गर्छु, यो भन्दा अनैतिकता के हुन्छ ? एकचोटी हाम्रो पार्टीको ठाउँमा उभिएर सोच्नुहोस् । अघि पनि यहाँ कुरा आएको छ, ओली र शेरबहादुरजीले घाँटी जोडे भने तपाईंको हालत के हुन्छ ?’



    उनले राजनीतिमा विकृति र अविश्वास बढेकाले विकास हुन नसकेको बताए । पाण्डेले ओली र देउवा मिल्दा तपाईंको हालत के होला भनेर प्रधानमन्त्रीलाई प्रश्न गरे।

    षडयन्त्र, धोकाबाट अघि बढ्ने मुलुक बर्बादीतिर जाने उनले बताए । प्रधानमन्त्रीप्रति कति चाँडो रङ फेर्ने भन्ने बुझाइ भएको भन्दै सचेत हुन आग्रह गरे ।

    आफूहरू पनि सत्तारुढ दल भए पनि बेवास्ता गरेर समीकरण बनाएकोमा उनले आपत्ति जनाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार