Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • नक्कली शरणार्थी प्रकरणमा सरकारले जरैसम्म अनुसन्धान गर्न सकेन : राजेन्द्र पाण्डे

    नक्कली शरणार्थी प्रकरणमा सरकारले जरैसम्म अनुसन्धान गर्न सकेन : राजेन्द्र पाण्डे

    अनलाइन नेपाल
  • सोमबार, ८ साउन २०८०
  • 621
    SHARES

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का कार्यवहाक अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान पूरा हुन नसकेको बताएका छन् ।

    सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले नक्कली भुटानी शरणार्थीको अनुसन्धान पूर्ण रुपमा गर्न नसकेको बताएका हुन् ।



    उनले भने, ‘आज त्यो भुटानी शरणार्थी काण्ड कति ठूलो काण्ड भएर गयो, कहाँसम्म पुग्योभन्दा बीचमा गएर जरा काटिएको छ । पल्लो छेउसम्म पुगेन, त्यसको खोजतलास पुगेको छैन । यस्ता काण्डलाई बन्देज गरी भ्रष्टाचारको जरैसम्म पुग्न जरुरी छ ।’



    उपाध्यक्ष पाण्डेले पछिल्लो समय भ्रष्टाचारी को छ भन्दा पनिको छैन भ्रष्टाचारी भनेर खोज्नुपर्ने स्थिति देखिएको भन्दै सरकारले जरैसम्म पुगेर अनुसन्धान गरी दोषीउपर कारबाही गर्नुपर्नेमा जोड दिए । उनले भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने देशमा सुशासन कायम हुन नसक्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार