Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्र प्रहरीको प्रवक्तामा डीआईजी मन्दिप श्रेष्ठ

काठमाडौं । सशस्त्र प्रहरी बलको प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी मन्दिप श्रेष्ठ तोकिएका छन्।

बुधबार डीआईजी राजु अर्यालले डीआईजी श्रेष्ठलाई एक कार्यक्रमकाबीच सो जिम्मेवारी बुझ–बुझारथ गरेका हुन्।

कार्यक्रममा जिम्मेबारी हस्तान्तरण गर्दै डीआईजी अर्यालले जिम्मेवारी निर्वाहको क्रममा विभिन्न आमसंचार माध्यम, विज्ञ संचारकर्मीहरु, विभिन्न संघसंस्था तथा निकायका विशिष्ट व्यक्तिहरुबाट प्राप्त भएको सहयोग, समन्वय तथा सहकार्यप्रति हार्दिक आभार प्रकट गरेका थिए।

डीआईजी अर्यालले संगठन र राज्यप्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा सशस्त्र प्रहरी बलले सम्पादन गरेका विभिन्न जनसरोकारका विषयहरुबारेका सूचना तथा समाचार प्रकाशन प्रसारणमा प्राप्त  सहयोग आगामी दिनहरुमा समेत निरन्तर रुपमा रहने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077