Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बालोन डी’ओरको नयाँ पावर र्‍याङ्किङ सार्वजनिक : कुन खेलाडी कति नम्बरमा ?

एजेन्सी – बालोन डी’ओर दौड अन्तिम चरणमा पुगेको छ। यस वर्षको बालोन डी’ओरको दाबेदारका रुपमा लियोनल मेसी, क्रिस्टियानो रोनाल्डो, जजिन्हो, रोबर्ट लेवान्डोस्की र करिम बेन्जेमा रहेका छन्।

वर्षको उत्कृष्ट खेलाडीलाई प्रदान गरिने सम्मानित यो अवार्डका लागि अन्य खेलाडीको नाम पनि अघि आएको छ। हालै बालोन डी’ओरको नयाँ पावर ¥याङ्किङ सार्वजनिक भएको छ।

ताजा अवस्थामा केभिन डी ब्रुयएन दशौं नम्बरमा रहेका छन्। उनले यस वर्ष १३ गोल, १५ गोलका लागि एसिस्ट गरेका छन्।

सूचीको नवौं स्थानमा क्रिस्टियानो रोनाल्डो छन्। यस वर्ष उनले ३९ गोल गरेका छन्। ४ गोलका लागि एसिस्ट गरेका छन्।

आठौं स्थानमा इर्लिङ हाल्याण्ड छन्। उनले ४३ गोल र १३ गोलका लागि एसिस्ट गरेका छन्। सातौं स्थानमा रोमेलु लुकाकु छन्। उनले ३० गोल गरेका छन् भने ८ गोलका लागि एसिस्ट गरेका छन्।

सूचीको छैटौं स्थानमा किलिएन एमबाप्पे छन्। उनले यस वर्ष ३६ गोल गरेका छन्। १६ गोलका लागि एसिस्ट गरेका छन्।

पाँचौं स्थानमा करिम बेन्जेमा छन्। उनले यस वर्ष ३५ गोल गरेका छन् भने १४ गोलका लागि पास मिलाएका छन्। उनले लेसन्स लिगको उपाधि पनि जितेका छन्।

चौथो नम्बरमा एन्गोलो कान्ते रहेका छन्। उनले १ गोल एक एसिस्ट गरेका छन् भने च्याम्पियन्स लिग र युईएफए सुपरकप उपाधि जितेका छन्।

तेस्रो स्थानमा जर्जिन्हो छन्। उनले ७ गोल गर्दै ३ गोलका लागि एसिस्ट गरेका छन्। उनले च्याम्पियन्स लिग र युइएफए सुपरकपको उपाधि जितेका छन्।

दोस्रो स्थानमा रोबर्ट लेवान्डोस्की छन्। उनले यस वर्ष ५४ गोल गरेका छन् भने ८ गोलका लागि एसिस्ट गरेका छन्। लेवान्डोस्कीले यो वर्ष बुन्डेसलिगा, क्लब विश्वकप र डीएफबी सुपरकपको उपाधि जितेका छन्।

सूचीको पहिलो नम्बरमा लियोनल मेसी छन्। उनले यस वर्ष ४० गोल गर्दै १४ गोलका लागि एसिस्ट गरेका छन्। उनले कोपा अमेरिका र कोपाल डेल रे को उपाधि पनि जितेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077