Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

टी–२० विश्वकप : बंगलादेशविरुद्ध इंग्ल्याण्डको शानदार जित

एजेन्सी । आइसिसि टी–२० विश्वकप अन्तर्गतको खेलमा बंगलादेशविरुद्ध इंग्ल्याण्ड विजयी भएको छ। बुधबार भएको सुपर १२ को खेलमा यंग्ल्याण्डले बंगलादेशलाई ८ विकेटले हराएको हो।

बंगलादेशले प्रस्तुत गरेको १ सय २५ रनको लक्ष्य इंग्ल्याण्डले ३५ बल बाँकी छँदै २ विकेटको क्षतिमा भेट्टाएको हो। इंग्ल्याण्डका लागि जेसन रोयले ३८ बलमा ६१ रन बनाए।

त्यस्तै, डेविड मलानले २८ तथा जोस बटलरले १८ रनको योगदान दिए। बंगलादेशका लागि शोरिफुल इस्लाम र नसुम अहमदले १–१ विकेट लिए।

यसअघि, पहिलो ब्याटिङ गर्दै बंगलादेशले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २४ रन बनाएको थियो।

बंगलादेशका लागि मुसिफुर रहिमले सर्वाधिक २९ रन तथा कप्तान मोहमदुल्लाहले १९ रन बनाए। इंग्ल्याण्डका लागि टाइमल मिल्सले २ तथा लियाम लिभिङस्टोन र मोइन अलीले २–२ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077