Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बुबाले युवकको हत्या गरेर लाशलाई जंगलमा गाडे, छोरीले चौकीमा गएर खोलिदिइन् सबै पोल

एजेन्सी । भारतको छिन्दवाडाको सिंगोडी प्रहरी चौकीमा हलचल मच्चिएको छ।

एक १३ वर्षीया बालिकाले आफ्नो बुबाले युवकको हत्या गरेर जंगलमा लगेर लाख गाडेको जानकारी गराएकी थिइन्

उक्त बालिकाको उजुरीलाई आधार मान्दै प्रहरी घटनास्थल गएको थियो। प्रहरीले बालिकाका पिता कन्हैया बारसियालाई पक्राउ गरी सोघपुछ गरेको छ।

शुरुवात कन्हैयालाई प्रहरीलाई नै झुक्याउने प्रयास गरेका थिए। तर ती बालिकाकाके प्रहरीको अगाडि बुबाको सबै पोल खोलिदिइन्।

त्यसपछि कन्हैयाले अपराध स्वीकार गरेका थिए। त्यसपछि प्रहरीले गाडेको ठाउँबाट शवलाई पनि निकालेको छ।

कन्हैयाले अजेश वर्मा नाम गरेका युवकको हत्या गरेका हुन्। बाटोमा जाँदै गर्दा वर्माले कन्हैलाई बाइकमा लिफ्ट दिएका थिए।

त्यसपछि दुबैले सँगै बसेर रक्सी पिएका थिए। त्यसपछि वर्माले भोक लागेको बताए र कन्हैयाले उनलाई आफ्नो घर घाट पिपरिया लिएर गए।

घर पुगेपछि उनीहरुबीच विवाद भयो। रिसमा कन्हैयाले फकाएर जंगलतिर लगेर हत्या गरेका थिए। त्यसपछि शवलाई घरनजिकैको जंगलमा गाडेका थिए।

सबै घटना कन्हैयाकी छोरीले देखेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077