Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

आफूबारे 'कू'प्रचार भएको भन्दै भीम रावलको आपत्ति

काठमाडौं । नेकपा एमालका उपाध्यक्ष भीम रावलले आफ्नोबारे झुटो समाचार सम्प्रेषण गरेको भन्दै त्यसको खण्डन गरेका छन्। उपाध्यक्ष रावलले आज एक अनलाइनमा प्रकाशित समाचारको सन्दर्भमा सामाजिक संजाल ट्वीटरमार्फत् खण्डन गर्दै उक्त समाचारमा सत्यता नभएको प्रष्ट पारेका छन्। साथै, उनले समाचार लेख्नु अघि आफूलाई सोधेको भए सत्यता बताउने उल्लेख गरेका छन्। उक्त अनलाइनले एमाले उपाध्यक्ष रावललाई अध्यक्ष पार्टी अध्यक्ष ओलीले कार्यवाहक अध्यक्ष तथा दशौं महाधिवेशनमा उपाध्यक्ष पद सुनिश्चित गरिदिने आश्वासन दिएको भन्दै समाचार सम्प्रेषण गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077