Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • तरकारी खरिद गर्दा गरिब किसानलाई नक्कली नोट भिडाउने व्यापारी पक्राउ

    तरकारी खरिद गर्दा गरिब किसानलाई नक्कली नोट भिडाउने व्यापारी पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ११ कार्तिक २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    रामनारायण यादव / जनकपुरधाम । महोत्तरीबाट नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    ईलाका प्रहरी कार्यालय गौशालाले विहीबार विहान गौशाला बजारबाट करीब ८ लाख ९७ हजार ४ सय ३५ रुपैयाँ नेपाली र २ लाख ८० हजार ९ सय २९ रुपैयाँ भारतीय नोटसहित एक जनालाई पक्राउ गरिएको हो ।



    पक्राउ पर्नेमा गौशाला नगरपालिका वडा नम्वर ९ डुवरवन्नाका ४४ बर्षिय (तरकारी व्यापारी) सुकन महतो रहेका छन् । तरकारी खरिद गर्ने क्रममा किसानलाई नक्कली नोट दिएपछि घटना वाहिर आएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।



    उनको गौशालास्थित डेरामा खानतलाशी गर्दा सो रकम फेला परेको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णुप्रदीप वस्यालले बताए ।

    पक्राउ परेको महतो र बरामद भएको नक्कली नोट बिहीबार जलेश्वरमा पत्रकार सम्मेलन गरी सार्वजानिक गरिने तयारी भएको प्रहरी निरीक्षक बस्यालले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार