Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • नेकपा समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे बागमतीको मुख्यमन्त्रीमा नियुक्त

    नेकपा समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे बागमतीको मुख्यमन्त्रीमा नियुक्त

    अनलाइन नेपाल
  • बिहिबार, ११ कार्तिक २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    हेटौंडा । बागमती प्रदेश सरकारको मुख्यमन्त्रीका नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष  राजेन्द्र पाण्डे नियुक्त भएका छन् ।

    बिहीबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा (२) को उपधारा (१) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।



    एमालेका तर्फबाट धादिङ क्षेत्र १ (१) बाट विजयी बनेका पाण्डे बाग्मती प्रदेशको तेस्रो मुख्यमन्त्री बनेका हुन् । यसअघि प्रदेशमा डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्यले सरकारको नेतृत्व गरिसकेका छन् ।



    मुख्यमन्त्री शाक्यले राजीनामा दिएर नयाँ सरकार गठनका लागि बुधबार मार्गप्रशस्त गरेकी थिइन् । शाक्यको राजीनामापछि सरकारको नेतृत्वका लागि दाबी गर्न प्रदेश प्रमुखले गरेको गरेको आह्वानबमोजिम गठबन्धनका तर्फबाट ५९ जना सांसदको हस्ताक्षरसहित गठबन्धनले मुख्यमन्त्रीमा पाण्डेलाई नियुक्त गर्न माग गरेको थियो ।

    प्रदेशसभामा १०९ जना सांसद रहेकोमा पाण्डे मुख्यमन्त्री बनेको दल एकीकृत समाजवादीको १३ जना मात्रै सांसद छन् । पाण्डेलाई मुख्यमन्त्री बनाउन माओवादी केन्द्रका २३, नेपाली कांग्रेसको २२ र जनता समाजवादी पार्टी (जसपा) को एक जना सदस्यले हस्ताक्षर गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार