Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • शाहरुखका छोरा आर्यनले २५ दिनपछि पाए जमानत, तर जेलमै बित्नेछ रात

    शाहरुखका छोरा आर्यनले २५ दिनपछि पाए जमानत, तर जेलमै बित्नेछ रात

    अनलाइन नेपाल
  • बिहिबार, ११ कार्तिक २०७८
  • 1.7K
    SHARES

    एजेन्सी । बलिउड अभिनेता शाहरु खानका छोरा आर्यन खानले जमानत पाएका छन्।

    मुम्बई क्रुज ड्रग्स पार्टी प्रकरणमा पक्राउ परेका उनलाई बम्बे हाइकोर्टले बिहीबार जमानत दिएको हो।



    आर्यनको जमानत याचिकामा मंगलबार, बुधबार र बिहीार सुनुवाइ भएको थियो। आर्यनसँगै अरबाज मर्चेन्ट, मुनमुन धमेचाले पनि जमानत पाएका छन्।



    शुक्रबार वा शनिबार उनीहरु जेलबाट रिहा हुनेछन्। आर्यनका वकिलको ३ पटकको प्रयासपछि जमानत मिलेको हो। उता विवादित बनेका किरण गोसावीलाई ८ दिन हिरासतमा राख्न आदेश दिइएको छ।

    आर्यन रिहा भएसँगै बलिउड सेलिब्रटीहरुले खुशी मनाएका छन्। उनीहरुले न्यायको जित भएको बताएका छन्। आर्यनलाई ड्रग्स पार्टी गरेको आरोपमा एनसीबीले पक्रा गरेको थियो।

    जेलमा रहेका बेला आर्यनले धेरै पारिवारिक कार्यक्रमहरु गुमाएका छन्। यस प्रकरणमा अभिनेत्री अनन्या पाण्डेसमेत जोडिएकी थिइन्। एनसीबीले उनीसँग पनि सोधपुछ गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार