Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पिएसजी र साबिक विजेता लिलबीच महाभिडन्त हुँदै, ४९ पटक आमनेसामने हुँदा कसको बढी जित ? (तथ्याङ्कसहित)

एजेन्सी – फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मन (पिएसजी) र साविक विजेता लिलबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपालसयअनुसार शुक्रबार राति (शनिबार बिहान) १२ः४५ बजे शुरु हुनेछ।

पिएसजी हाल ११ खेलमध्ये ९ खेल जित्दै २८ अंकका साथ शीर्षस्थानमा छ। उता लिलले भने यस सिजन खराब शुरुवात गरेको छ। लिलले ११ खेलबाट १५ अंक जोडेको छ र तालिकाको दशौँ स्थानमा छ।

हालसम्म दुई टोलीबीच ४९ खेलमा भेट भएको छ। तीमध्ये २३ खेलमा पिएसजी विजयी भएको छ। १२ खेलमा लिलले जित निकालेको छ। १४ खेल भने बराबरीमा सकिएको छ।

पिएसजी र लिलबीच पछिल्लोपटक अगस्टमा खेल भएको थियो। उक्त खेलमा लिल १–० गोलले विजयी भएको थियो।

गत सिजन लिलले पिएसजीलाई १ अंकले पछि पार्दै उपाधि जितेको थियो। लिलले ३८ खेलबाट ८३ अंक जोड्दै च्याम्पियन बन्दा पिएजसीले ८२ अंक जोड्दै दोस्रो स्थान हासिल गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077