Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ताजिकिस्तानसँग आधा दर्जन गोल खाँदै नेपाल समूह चरणबाट बाहिरियो

काठमाडौं । एएफसी यू–२३ एसियन कप छनोट प्रतियोगिताको अन्तर्गतको खेलमा नेपाल ताजिकिस्तानसँग फराकिलो गोलअन्तरले पराजित भएको छ।

बिहीबार भएको खेलमा नेपाल आयोजक ताजिकिस्तानसँग ६–० गोलले हारेको हो।

यस हारसँगै प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको छ। खेलको पहिलो हाफमा ३–० ले पछि परेको नेपाली टोलीले दोस्रो हाफमा पनि ३ गोल खाएको थियो।

पहिलो खेलमा नेपाल इरानसँग ३–० ले पराजित भएको थियो। नेपाली जवान टोलीमा गोल खडेरी देखिएको छ। अघिल्लो दुवै प्रतियोगितामा पनि नेपाल गोलविहिन भएको थियो।

समूह अन्तर्गत विहीबार नै भएको पहिलो खेलमा इरानले लेबनानलाई २–० ले पराजित गरेको थियो। पहिलो खेलमा ताजिकिस्तानसँग १–० ले पराजित लेबनानको पनि छनोट हुने सम्भावना सकिएको छ।

इरान र ताजिकिस्तानको ६–६ अंक हुँदा नेपाल र लेबनान अंकविहिन छन्। अब नेपाल र लेबनानले अन्तिम खेलमा एक अर्काको सामना गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077