Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • फेसबुकको नयाँ नाम ‘मेटा’

    फेसबुकको नयाँ नाम ‘मेटा’

    अनलाइन नेपाल
  • शुक्रबार, १२ कार्तिक २०७८
  • 1.9K
    SHARES

    एजेन्सी । सामाजिक सञ्जाल फेसबुकले आफ्नो ब्रान्डिङमा ठूलो परिवर्तन गर्दै आफ्नो कर्पोरेट नाम ‘मेटा’ राखेको छ ।

    कम्पनीले नयाँ नामले आफूले गर्ने कामको राम्रो वर्णन गर्ने बताएको छ । यससँगै कम्पनीले सामाजिक सञ्जालबाहेक भर्चुअल रियालिटी जस्ता क्षेत्रमा आफ्नो कामको दायरा बढाउने भएको छ ।



    फेसबुकले हालै ‘मेटाभर्स’ विकास गर्न युरोपमा १०,००० जनालाई भर्ती गर्ने घोषणा गरेको थियो । बिहीबार फेसबुकका सिइओ मार्क जकरबर्गले कम्पनीको कनेक्ट इभेन्टमा नाम परिवार्तनको घोषणा गरेका हुन् ।



    ‘हामी त्यस्तो कम्पनी हो जसले जोड्नका लागि प्रविधिको विका गर्छौं,’ मार्कले भने, ‘सँगै अन्ततः हामी मानिसलाई हाम्रो प्रविधिको केन्द्रमा राख्न सक्नेछौं।’

    उनले फेसबुक नामले मात्र कम्पनीका सबै कामबारे वर्णन नगर्ने भएकाले नाम परिवर्तन गरिएको जानकारी दिए। ‘हामी को हौं र के बनाउने आशा राख्छौं भन्ने कुरा प्रतिबिम्बित गर्नका लागि यसो गरिएको हो,’ उनले थपे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार