Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेपोली सिरी एको शीर्षस्थानमा उक्लियो

एजेन्सी । इटालियन सिरी ए फुटबलमा नेपोलीले बोलोग्नालाई पराजित गरेको छ। बिहीबार घरेलु मैदानमा भएको खेलमा नेपोलीले बोलोग्नालाई ३–० गोलले हराएको हो।

डिएगो अर्मान्डो म्याराडोना स्टेडियम भएको खेलमा नेपोलीलाई जिताउन इटालियन मिडफिल्डर लोरेन्जो इन्सिग्नेले दुई तथा फावियनले एक गोल गरे।

जितपछि नेपोलीको १० खेलबाट २८ अंक जोडेको नेपोली अंत तालिकाको शीर्षस्थानमा उक्लिएको छ। समान २८ अंक नै रहेपनि एसी मिलान गोल अन्तरमा दोस्रो स्थानमा छ।

२१ अंक जोडेको इन्टर मिलान तेस्रो स्थानमा रहँदा पराजित बोलोग्ना १२ अंक जोडेर १२औं स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077