Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गाँजाको झोला बोकेर भारत जाँदै गरेका दुई युवक सप्तरीबाट पक्राउ

सप्तरी  । नेपालबाट भारततर्फ लागूऔषध गाँजा लग्दै गरेको अवस्थामा दुई किशोर पक्राउ परेका छन् ।

जिल्लाको राजगढ गाउँपालिका वडा नम्वर २ कमलपुरबाट सशस्त्र प्रहरीले पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बनैनियाँवाट खटिएको टोलीले २ जनालाई लागूऔषध गाँजासहित पक्राउ गरेको हो ।

ऋन टेष्ट अपाची आरटीआर १६० को मोटरसाइकलबाट भारततर्फ जाँदै गरेको अबस्थामा राजविराज नगरपालिका २ राजदेवी टोल बस्ने १५ वर्षीय अजय मण्डल र कञ्चनरुप नगरपालिका ९ लदबेधी टोलका १४ वर्षीय रुपेश यादवको साथबाट २ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

दुबैलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077