Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

लिभरपुलसँग ५–० ले हारेको युनाइटेडले टोटनह्यामसँग खेल्दै, तथ्याङ्कमा को बलियो ?

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिबार हेभीह्वेट महाभिडन्त हुँदैछ। दुई चिरपरिचित प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेड र टोटनह्यामबीच प्रतिस्पर्धा हुँदैछ।

खेल नेपाली समयअनुसार शनिबार बेलुका १०ः१५ बजे शुरु हुनेछ। यो खेल दुबै टोलीका लागि महत्त्वपूर्ण खेल हो।

हाल टोटनह्याम तालिकाको छैटौं स्थानमा छ। लिगमा ९ खेलमध्ये ५ खेल जितेको छ भने ४ खेल हारेको छ। टोटनह्यामले १४ अंकमात्र जोडेको छ।

त्यस्तै युनाइटेड हाल अंक तालिकाको सातौं स्थानमा छ। उसले समान ९ खेलबाट १४ अंक जोडेको छ। युनाइटेडले लिगका ४ खेल जितेको छ भने २ खेलमा बराबरी गरेको छ। ३ खेलमा भने पराजित भएको छ।

यी दुई टोलीबीच हालसम्म १ सय ९५ पटक प्रतिस्पर्धा भएको छ। तीमध्ये ९३ खेल युनाइटेडले जितेको छ। टोटनह्यामले ५३ खेलमात्र जितेको छ। त्यस्तै ४९ खेल बराबरीमा सकिएको छ।

दुई टोलीबीच पछिल्लोपटक २०२१ को अप्रिलमा भेट भएको थियो। उक्त खेलमा युनाइटेड ३–१ गोलले विजयी भएको थियो। अघिल्लो खेलमा लिभरपुलसँग ५–० ले हारेको युनाइटेड होटनह्यामविरुद्धको दबदबा कायम गर्ने दाउमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077