Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

श्रीमानको हत्या गरेर लाशसँग यौन सम्बन्ध, शव टुक्राटुक्रा पारेर रगत पिइन् अनि मुसालाई खुवाइन्

एजेन्सी । विश्वमा विभिन्न आपराधिक घटनाहरु हुन्छन्। तीमध्ये केही घटनाहरु आङ नै सिरिङ्ग गर्ने किसिमको हुन्छ।

हालै रुसमा एक दर्दनाक घटनबारे खुलासा भएको छ। त्यहाँ एक महिलालाई आफ्नो पतिको निर्मम हत्या गरेको आरोपमा जेल पठाइयो। महिलामाथि पतिलाई विष खुवाएर मारेको र लाशसँग यौन सम्बन्ध बनाएको आरोप लगाइएको थियो।

त्यतिमात्र हैन उनले शवलाई टुक्राटुक्रा पारेर रगत पिएको पनि आरोप लागेको थियो। तर अदालतमा सुनुवाइपछि प्रमाणको अभाव भएको भन्दै उनलाई रिहा गरिएको छ। उनीमाथि केस भने जारी नै रहेको छ।

मिरर युकेका अनुसार सेन्ट पीटर्सबर्ग निवासी ३७ वर्षीय आरोपी महिलाको नाम मरीना कोखल हो। मरीनाले आफ्नो पति एन्डी कार्टराइटको हत्या गरेको छ। एन्डीको हत्या गरेको आरोप लागे पनि अदालतले उनलाई हिरासतबाट रिहा गरेर नजरबन्द गरेको छ।

अघिल्लो वर्षको अगस्टमा एन्डीको हत्या आरोपमा मरीना पक्राउ परेकी थिइन्। त्यसपछि अदालतमा वकिलले उनीमाथि आफ्नो मृत पतिको रगत पिएको र उसको लाशसँग यौनसम्बन्ध बनाएको आरोप लगाएका थिए। मरीनाले उनकी ६८ वर्षकी आमा एलेनासँग मिलेर घटना घटाएको बताइएको थियो।

घटनाको अनुसन्धानमा ठोस प्रमाण नभएको भन्दै मरीनालाई रिहा गरिएको हो। अदालतले मरीनालाई उनको ४ वर्षका छोरासँग भेट्न पनि इजाजत दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077