Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • यी स्थानमा वर्षा र हिमपात हुने

    यी स्थानमा वर्षा र हिमपात हुने

    अनलाइन नेपाल
  • शनिबार, १३ कार्तिक २०७८
  • 963
    SHARES

    काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन ।

    अहिले देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।



    शनिबार दिउँसो देशको पहाडी भु–भागमा आंशिक बदली रही बाँकी भु–भागमा मौसम सामान्यतया सफा रहने छ ।



    पहाडी भु–भागका एक–दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भु–भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    शनिबार राती देशको पहाडी भु–भागमा आंशिक बदली रही बाँकी भु–भागमा मौसम सामान्यतया सफा रहने छ ।

    प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भु–भागका एक–दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार