Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अफगान नागरिक छिर्न नदिन नेपाल–भारत सीमामा कडाइ

    अफगान नागरिक छिर्न नदिन नेपाल–भारत सीमामा कडाइ

    अनलाइन नेपाल
  • शनिबार, १३ कार्तिक २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । अवैध रूपमा नेपाल छिरेका अफगानिस्तानका ११ जना नागरिक केही दिनअघि काठमाडौँमा भेटिएपछि थप छिर्न नदिन नेपाल–भारतका खुला नाकामा कडाइ सुरु गरिएको छ ।

    सो क्रममा नेपालगञ्जस्थित नेपाल–भारत जमुनाहा नाकामा पनि आवागमन गर्नेमाथि कडा निगरानी सुरु गरिनुका साथै राम्ररी चेकजाँच तथा सोधपुछ गरेर मात्रै भारतबाट आउनेलाई आउन दिइएको छ ।



    तालिबानको कब्जापछि अफगानिस्तानबाट विस्थापित नागरिक नेपाल प्रवेश गर्न सक्ने आशङ्का बढेपछि नेपालगञ्ज नाकामा सुरक्षा जाँच कडा पारिएको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ ।



    खुला नाकाका कारण आफगानीहरू बाँके हुँदै नेपाल प्रवेश गर्न सक्ने सम्भावना देखिएकोले केन्द्रबाट आएको निर्देशनबमोजिम नाकामा निगरानी बढाउनुका साथै चेकजाँचमा कडाइ सुरु गरिएको जमुनाहा नाकाका इन्चार्ज सई मीनबहादुर विष्टले बताए ।

    उनले शङ्का लागेका मानिससँग सोधपुछ गरेर उनीहरूबारे निश्चित भएपछि मात्रै आवागमन गर्न दिइएको बताए । सीमामा तैनाथ गरिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सो सम्बन्धमा कडा निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

    आफगानीहरूले भारत प्रवेश गर्नका लागि भारतीय आधारकार्डको प्रयोग गर्न सक्ने शङ्का रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए । उनले तर पनि वेशभूषा र बोलीचालीबाट उनीहरूको पहिचान गर्न सकिने जनाए ।

    अफगानिस्तानमा तालिबानको कब्जापछि हजारौँले देश छाडेका छन् र सो क्रम अझै पनि जारी रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताइरहेका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार