Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अवैध रुपमा नेपाल छिरेका ११ जना अफगानी नागरिक सीआईबीको फन्दामा

    अवैध रुपमा नेपाल छिरेका ११ जना अफगानी नागरिक सीआईबीको फन्दामा

    अनलाइन नेपाल
  • सोमबार, ८ कार्तिक २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले काठमाडौंको सिनामंगलबाट ११ जना अफगानी नागरिकहरुलाई पक्राउ गरेको छ।

    सीआईबीका प्रमुख डीआईजी धिरजप्रताप सिंहका अनुसार उनीहरुलाई आज बिहान सिनामंगलको एक घरबाट पक्राउ गरिएको हो । पक्राउ परेकामध्ये ६ जनासँग भारतको नक्कली आधारकार्ड समेत बरामद भएको डीआईजी सिंहले जानकारी दिए।



    डीआईजी सिंहका अनुसार पक्राउ परेका अफगानी नागरिकहरु तालिबान नेतृत्वले अफगानिस्तानको सत्ता सम्हालेपछि भागेर भारत हुँदै नेपाल प्रवेश गरेका थिए ।



    उनीहरु रुपन्देहीको नेपाल–भारत सिमाना बेलहियाबाट नेपाल प्रवेश गरेको सीआईबीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको डीआईजी सिंहले बताए । पक्राउ परेकालाई अध्यागमन कार्यालयमा बुझाउने तयारी भएको डीआईजी सिंहले जानकारी दिए ।

    सीआईबी प्रमुख डीआईजी  सिंहका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरु अफगानी शरणार्थी रहेको खुलेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार