Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

भिनिसिएसको शानदार प्रदर्शन, रियल मड्रिड ला लिगाको शीर्षस्थानमा उक्लियो

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले एल्चेलाई पराजित गरेको छ। शनिबार भएको खेलमा रियलले १० खेलाडीमा सिमित एल्चेलाई २–१ गोलले हराएको हो।

रियलको जितमा दुबै गोल भिनिसिय जुनियरले गरेका थिए। एल्चेका लागि पेरे मिल्लाले गोल गरेका थिए। एल्चेको मैदानमा भएको खेलको २२औं मिनेटमा भिनिसियसले गोल गर्दै रियललाई शुरुवाती अग्रता दिलाएका थिए।

६४औं मिनेटमा राउल गुटीले रातो कार्ड पाएपछि एल्चे १० खेलाडीम समेटिएको थियो। खेलको ७२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै भिनिसियसले टोलीलाई जिततर्फ अग्रसर गराएका थिए।

खेलको ८६ औं मिनेटमा वैक्लपिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका पेरे मिल्लाले एक गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने संकेत गरेका थिए। यस जितपछि रियल ११ खेलबाट २४ अंक जोड्दै तालिकाको शीर्षस्थानमा उक्लिएको छ।

समान अंक रहेको रियल सोसिडाड गोलअन्तरमा पछि पर्दै दोस्रो स्थानमा रहेको छ। पराजित एल्चे १२ खेलबाट १० अंकसहित १५औं स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077