Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

फुटबल टिमका मुख्य प्रशिक्षक अलमुताइरी काठमाडौं आइपुगे

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेपाल आइपुगेका छन्। उनी शनिबार बेलुका काठमाडौं ओर्लिएका हुन्।

माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिप पनि नेपाल नफर्कि सिधै कतार गएका थिए। च्याम्पियनसीपको फाइनल खेलमा भारतसँग खेल्नुअघि उनले नेपाली टोलीको मुख्य प्रशक्षिकका रुपमा काम नगर्ने घोषणा गरेका थिए।

उनको नेतृत्वमा नेपाललाई पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको थियो। कतारमा रहँदा उनले पुनः नेपाल फर्किन सक्ने संकेत गरे। त्यसपछि अखिल नेपाल फुटबल संघ ९एन्फा०का अध्यक्ष कर्माछिरिङ शर्पा र कतार फुटबल संघसँगको वार्तापछि अलमुताइरी नेपाल आउन राजी भए।

जसअनुसार उनी आज कतार एयरवेजमार्फत साँझ ७ः५१ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। अब्दुल्लाहलाई एन्फाका पदाधिकारीले विमानस्थलमा पुगेर स्वागत गरेका थिए। उनले एन्फासँग ३ वर्षको सम्झौता गर्दैछन्। उनी नेपाल फर्किएसँगै नेपाली फुटबल समर्थकहरुले खुशी व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077